ओली र नेपालबीच टेलिफोन वार्ता, जुटेन सहमति

everest kitchen


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ता भएपछि पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुवैतर्फका नेतासमेत छलफल गरेका छन् ।

एमाले स्रोतका अनुसार ओली र नेपालबीच पार्टीभित्र देखिएको विवादबारे छलफल भए पनि कुनै सहमति जुटन सकेन । दुवै नेताहरूले आआफ्नै अडान र कुराहरू राखेको स्रोतको दाबी छ ।ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गर्दै पार्टी एकता तथा बैठकमा सहभागी हुन आग्रह गरे पनि नेपालले अस्वीकार गरेका थिए ।

दुई नेताबीच टेलिफोनमा वार्ता भएपछि ओली समूहबाट नेता विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेल तथा नेपाल समूहबाट घनश्याम भुषाल, भीम आचार्य र सुरेन्द्र पाण्डे छलफलमा जुटेका छन् । ललितपुरको एक होटलमा भएको छलफलमा कुनै निकास निष्कन नसकेको स्रोतको दाबी छ । राजधानी दैनिकबाट