रेमडिसिभिर देशभित्रै उत्पादन

everest kitchen

काठमाडौ । कोरोना सङ्क्रमणले तीव्र सताएका बेला उपचारमा उपयोगी हुने औषधि देशभित्र थिएनन् । बाहिरबाट ल्याउनुपर्र्ने, अभाव उस्तै र महँगो पनि थियो तर यो एक÷डेढ वर्षमा कोरोनालाई उपयोगी हुने औषधि देशभित्रै बन्न थाल्यो ।

केही दिनयता नेपालमै बनेको रेमसिभिर उपयोगमा आएपछि औषधि विज्ञानको क्षेत्रमा नेपालले आँटे गर्न सक्ने क्षमता पनि देखिएको छ।
कोरोनाविरुद्धको लडाइँमा अब रेम्डेसिभिर सर्वसुलभ भएको छ ।

केही समय अघिसम्म यो औषधि सहजै पाउन मुस्किल थियो । धेरै सङ्क्रमित रेम्डेसिभिर नपाएर अस्पतालमा छटपटाइरहेका हुन्थे । रेम्डेसिभिर पाउन ठूलै पहुँच हुनुपथ्र्यो । सरकार र निजी क्षेत्रको प्रयासले अब त्यो अवस्था अन्त्य भई औषधि देशभित्रै सर्वसुलभ हुन थालेको छ । सङ्क्रमितको उपचारमा संलग्न चिकित्सकले तत्काल रेम्डेसिभिर व्यवस्था गर्न भन्ने तर औषधि नपाएपछि बिरामीको मृत्यु हुने गरेको थियो ।

काठमाडौँको कोटेश्वर बस्ने भगवान पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अवस्था गम्भीर हुँदै गयो । उनलाई राजधानीको मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यकर्मीहरूले तत्काल रेम्डेसिभिर व्यवस्था गर्न भनेपछि उनका छोरा ईश्वर पौडेलले रेम्डेसिभिरका लागि धेरै ठाउँ चहारे, नेताहरूलाई भनसुन गरे । जति मूल्यमा पनि खरिद गर्न तयार भए तर बजारमा रेम्डेसिभिर अभावका कारण पाउन सकेनन् ।

त्यसको केही दिनपछि बुवाको निधन भयो । चिकित्सकले भनेको बेला रेम्डेसिभिर पाउन सकेको भए बुवालाई बचाउन सकिन्थ्यो कि भन्ने उनलाई अहिले पनि लागिरहन्छ । चिकित्सकले खोजेको औषधि नपाउँदा धेरै सङ्क्रमितले ज्यान गुमाए ।

रेम्डेसिभिरको चरम अभावको बेला औषधि व्यवस्था विभागको स्वीकृतिमा आयान हेल्थ केयरले बङ्गलादेशबाट ठूलो परिमाणमा रेम्डेसिभिर ल्याएको थियो । कोरोनाको चर्को महामारीमा रेम्डेसिभिर पाउनु भनेको ठूलो युद्ध जितेजस्तो हुन्थ्यो । गोरखापत्र दैनिकबाट