अन्तर्राष्ट्रिय नेपाली सामाजद्वारा जिल्ला अस्पताल गाईघाटलाइ अक्सिजन कन्सेनट्रेटर सहयोग

everest kitchen

उदयपुर। अन्तर्राष्ट्रिय नेपाली सामाज (इन्स )ले जिल्ला अस्पताल गाईघाटलाइ ५ लिटर क्षमताको अक्सिजन कन्सेनट्रेटर सोमवार हस्तान्तरण गरेको छ । समाजका उपाध्यक्ष झलक बुढाथोकी र मुलधार महिला सेवा केन्द्र तथा उदयपुरका अध्यक्ष एबम् आभाशा राष्ट्रिय अभियान केन्द्रीय संयोजक नजबुल खानले जिल्ला अस्पताल गाईघाटलाइ उक्त सामाग्री हस्तान्तरण गरेका हुन्।

कोभिड १९ महामारीका कारण विश्वनै आक्रान्त भएको बेला राम्रो विकल्पमा अक्सिजन कन्सेनट्रेटर भएकोले उदयपुर गाईघाटको नगरवासीहरुलाई राहत पुगोस भनेर सहयोग गरेको अनतराष्ट्रीय नेपाली सामाज (इन्स )संस्थाका उपाध्यक्ष झलक बुढाथोकीले बताए।

कोरोना संगको युद्धमा अग्रपंतिमा रहेर काम गर्दै आएकी सामाजिक अभियन्ता नजबुल खानले “संक्रमितको उपचार र तेस्रो लहर आउने सम्भावना समेतलाई मध्यनजर राखी आक्सिजन कन्सेनट्रेटर उपलब्ध गरेकोमा आभार व्यक्त गरिन।

दोस्रो चरण को निषेधाज्ञा सुरु भएदेखि मुलधार महिला सेवा केन्द्र ( मसवेस) ले उदयपुर जिल्लाका विभिन्न क्षेत्रमा मानव सेवामा समर्पित रही अग्रपंतिमा काम गरिरहेका छन् ।