जोरबिजोर हट्यो, उपत्यका बाहिरबाट गाडी पास लिएर भित्रिन पाउने

everest kitchen
File photo

काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट जोर-बिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सन्चालनमा आएका छन् । स्थानीय प्रशासनको अनुमतिमा बाहिरका सवारी साधनसमेत आजबाट काठमाडौं उपत्यका भित्रिने पाउने छन् ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आजबाट जोर-बिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सन्चालन हुन दिने निर्णय गरेसंगै उपत्यकामा गाडीको चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै, काठमाडौं उपत्यकाभित्र चल्ने सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, स्वास्थ्यका सबै मापदण्ड पालना गर्नुपर्ने आदेशमा उल्लेख छ ।

यस्तै, सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका सवारी साधन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्नुपर्ने छ । आदेशमा भीडभाड हुने बाहेकका अधिकांश व्यवसाय साँझ ६ बजेसम्मका लागि खुला गरिएको छ ।