गजल- मिना श्रेष्ठ सबि

everest kitchen

गजल- मिना श्रेष्ठ सबि

“तिम्रा लागि त,म आगोमाथि पनि उभिन सक्छु
निष्ठुरी नभन हरपल, तिमिलाई सम्झिन सक्छु।
के का लागि साँचेको ? सोध्छौ भने यो यौवन
मागेर त हेर एकपटक, म सबै सुम्पिन सक्छु ।

कम्जोर नसम्झ नारीलाइ छ त्यो ठूलो क्षमता
अन्याय पर्‍योभने बदलामा म बदलिन सक्छु ।
दासत्वको कडीमा बाँधेर मात्र हुँदैन माया
जस्तै जञ्जिर पनि चुडालेर उम्किन सक्छु ।

छामि हेर त्यो छाती, ढुक्ढुकीको चालसँगै
मुटुको कुनै कुनामा पनि, म भेटिन सक्छु ।
(मिना श्रेष्ठ सबि । बिराटनगर- १२)