मंगलबार थप २ हजार ६३४ जनामा संक्रमण पुस्टि हुदा १५ सय ६५ निको

everest kitchen

काठमाडौं। मंगलबार देशभर २ हजार ६३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि हुँदा १५ सय ६५ जना संक्रमणमुक्त बनेका छन् । १२ हजार ५८५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७१८ जना तथा एन्टिजेन विधिबाट ९१६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४९९ र एन्टिजेन विधिबाट ४ हजार २८ जनाको परीक्षण गर्दा २ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको थियो । यही अवधिमा थप २ हजार २११ जनामा कोरोना संक्रमणमुक्त भएका थिए ।

त्यस्तै, देशभर थप १५ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । यो संगै नेपालमा हालसम्म ९ हजार २६३ जनाले ज्यान गुमाइसकेका छन् ।

 

 

जसपामा सहमतिको च्याप्टर क्लोज, आधिकारिकताको प्रक्रिया अघि बढाउने निर्णय

अनलाइनखबर
२०७८ असार २२ गते १४:२७ मा प्रकाशित
3 प्रतिक्रिया
494
Shares
facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing button

२१ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच सहमतिको सम्भावना सकिएको छ । अब निर्वाचन आयोगले एउटा पक्षलाई आधिकारिकता दिनुपर्नेछ ।

उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन निवेदन दिएपछि आयोगले दुवै पक्षलाई बोलाएको थियो । तर मंगलबारको बैठकमा कुनै सहमति जुटेन ।

 

निवेदक पक्षका तर्फबाट उपेन्द्र यादव, महेन्द्र राय, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी र मृगेन्द्र सिंह उपस्थित थिए भने अर्को पक्षबाट महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, केशव झा र सुरेन्द्र झा उपस्थित भएका थिए ।

आयोगले सहमतिका लागि गराएको छलफलमा यादव र ठाकुर पक्षबीच सहमति हुन सकेन ।

अध्यक्ष उपेन्द्र यादवले पार्टीमा छुट्टाछुट्टै गतिविधि भएको र सँगै बस्न सक्ने अवस्था नभएको बताए । अर्का अध्यक्ष ठाकुरले भने उपेन्द्र यादवको पार्टी फुटको अवस्थामा पुगेको बेला एकता गरेर आफूहरुले जोगाइदिएको, तर अहिले बिर्सिएको गुनासो गरे । मागमुद्दा छाडेको र अग्रगमन भन्दै प्रतिगमनतिर लागेको भन्दै उनले यादव पक्ष सच्चिएर आए सँगै हिंड्न सकिने बताए ।

जवाफमा यादव पक्षले सँगै बस्ने अवस्था नभएकाले आधिकारिकताबारे निर्णय गरिदिन निवेदन दिएको बताए । एक नेताका अनुसार दुवै पक्षबीच सहमति नभएकाले ऐनअनुसार पार्टीको आधिकारिकताबारे निर्णय गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।