कमल चेपाङको पहलमा राक्सिराङ १०० विपन्न घरपरिवारलाई राहत

everest kitchen

सविन कुमार लोप्चन
मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्बर ६ का १०० घर परिवार लाई समाजसेवी कमल चेपाङको पहलमा राहत बितरण गरिएको छ। स्मर्ना मेसिनरी चर्च काठमाडौं सहयोगमा राहत बिरतण गरिएको हो।

कोभिड १९ संगै जारी निषेधज्ञको कारण दैनिकी टार्न समस्यामा रहेका १०० बिपन्न परिवार खाद्यान्न सहयोग गरिएको हो। प्रत्यक परिवारलाई १५ केजि चामल २ केजि दाल एक पोका नुन को दरले राहत बितरण गर्दै समाज सेवि चेपाङ्ले केही दिन छाक टार्ने कोसिस गरेको समाजसेवी चेपाङ ले बताए।

साथै उक्त राहत बितरणमा जुझारु युबाहरु डिबि लोप्चन, गम बा. चेपाङ दिनेश चेपाङ, दिल कुमार चेपाङ, रबिन्द्र चेपाङ लगायत अन्य युवाहरुको उपस्थितिमा सहयोग वितरण गरिएको थियो।