एनआरएन राष्ट्रिय समन्वय परिषद कतारको अधिकांस पदाधिकारीहरु निर्विरोध चयन

everest kitchen

कतार । गैरआवासीय नेपाली संघ (राष्ट्रिय समन्वय परिषद) कतारको लागि केहि पदाधिकारीहरु निर्विरोध चयन भएका छन् । राष्ट्रिय समन्वय समितिको अध्यक्षमा मोहम्मद मुक्तदा, प्रथम उपाध्यक्षमा जैवी राई , द्धितीय उपाध्यक्षमा प्रेम चलाउने, महिला उपाध्यक्षमा अम्बिका खत्री लगायत निर्विरोध चयन भएका हुन्।

कतारलाई लामो समय देखि कर्मथलो बनाउँदै आएका सन् २०२१-२०२३ कार्यकालका लागि द्वितीय उपाध्यक्षमा समेत चयन भएका उपाध्यक्षमा प्रेम चलाउनेका अनुसार तारको कार्यकारिणी समितिका अधिकांश पद निर्विरोध चयन भएका छन् । गैरआवासिय नेपाली संघ एनआरएनए कतारमार्फत निःस्वार्थ भावका साथ सामाजिक सेवामा नेपाली समुदायको उत्थान र कल्याणका निम्ती सदैव कटिबद्ध रहने चलाउनेले बताए ।

यस्तै निर्विरोध चयन हुने अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा नरेश श्रेष्ठ, सरिता भण्डारी पौडेल, टंक खड्का, अर्षद हुसेन मुसलमान, पूर्णबहादुर पोखरिया, रामु रेग्मी र तेज कटुवाल छन । त्यस्तै राष्ट्रिय समन्वय समितिको अध्यक्षमा मोहम्मद मुक्तदा, प्रथम उपाध्यक्षमा जैवी राई , द्धितीय उपाध्यक्षमा प्रेम चलाउने, महिला उपाध्यक्षमा अम्बिका खत्री, महासचिवमा पदम गिरी, सचिवमा रविन थापा मगर र दीपजंग शाह र कोषाध्यक्षमा विनोद बसौला चयन भएका छन् ।

त्यस्तै, महिला संयोजकमा नानु घले ब्लोन र सदस्यमा डेक भारती, लेखा समिति संयोजकमा सन्तोष रेग्मी, सदस्यमा टिकाराम गौतम र गणेश भट्ट, क्रमशः एनसीसी सदस्यमा तारानाथ बास्तोला, सेवक बिक, खडक पाफागो, नारायण ढुङ्गाना, मुखतार आलम, सन्तोष पौडेल, ओमबहादुर क्षेत्री, बिष्णुबहादुर खड्का, सबिन्द्र श्रेष्ठ, गजेन्द्र राई, एकराज कट्वाल, मोहम्मद इनजाद आलम, अब्दुल खालिक शेख ,दिनेश खत्री, जयप्रकाश यादव, मोहम्मद मेराजुद्दीन ,रामबाबु यादव र अगन्धर देवकोटा चयन भएका छन ।

एनआरएनए कतारको कार्यकारिणी समितिका अधिकांश पद निर्विरोध चयन भए पनि सह-कोषाध्यक्ष र केन्द्रीय प्रतिनिधिमा भने निर्वाचन हुने भएको छ । एनआरएनए कतारको यहि जुलाई ९ तारिख नवौँ महाधिवेशन सम्पन्न हुने छ।