मोदी मन्त्रिपरिषदमा ४३ मन्त्री थपिँदै

everest kitchen

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नो मन्त्रिपरिषदमा ब्यापक फेरबदल गर्दैछन् । नयाँ ४३ जना मन्त्रीले आज ६ बजे सपथ ग्रहण लिने कार्यक्रम तय गरिएको छ ।

दोस्रो कार्यकालमा मोदीले पहिलोपटक मन्त्रिपरिषदमा फेरबदल गर्न लागेका हुन् । आगामी विधानसभा र राज्यसभाको चुनावलाई लक्षित गर्दै मोदीले मन्त्रिपरिषद परिवर्तन गर्न लागेका हुन् ।

नयाँ मन्त्री हुनेहरुमा १३ जना वकिल, ६ जना डाक्टर र पाँचजना इन्जिनियर हुने जनाइएको छ । क्याबिनेटमा युवाहरु र सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गराइने जनाइएको छ।