कोरियामा कोभिडका सङ्क्रमित बढ्न थाले

everest kitchen

एजेन्सी । दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहर फेरि बढ्न थालेका छन् । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कोभिडका सङ्क्रमितहरु बढेका बुधबार स्वास्थ्य अधिकारी जानकारी दिएका छन् ।

यहाँ केही दिनयता कोभिडका सङ्ंक्रमितहरु बढ्न थालेपछि यहाँ कोभिडको चौथो वेभ आउन सक्ने अनुमान गरिएको छ । यहाँ अबका केही दिनमा गर्मी मौसमको विदा शुरु हुदै छ । यही विदाको पूर्व सन्ध्यामा यहाँ कोभिडका सङ्क्रमितहरु बढ्न थालेपछि यो चौथो वेभ आउन सक्ने त्रास बढेको बताइएको छ ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँ गएको २४ घन्टामा १ हजार २१२ जना सङ्क्रमित पाइएका छन् । योसँगै दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या १ लाख ६२ हजार ७५३ जना पुगेको बताइएको छ ।

यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका सङ्क्रमितहरुको संख्या बढ्दो देखिएको छ ।मङ्गलबार देखिएको १ हजार २१२ जना सङक्रमितको संख्या पनि धेरै पछि देखिएको ठूलो संख्या हो ।