इंग्ल्यान्ड उपाधि नजिक, सेमिफाइनलमा डेनमार्क २-१ पराजित

everest kitchen

काठमाडौं । इंग्ल्यान्ड युरो २०२० को उपाधि नजिक पुगेको छ। बिहीबार विहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डेनमार्कलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुगेको हो

डेनमार्कका जोकिम मुहले इंग्ल्यान्डका रहिम स्टर्लिङलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिने निर्णय गरेका थिए। कप्तान ह्यारी केनले १०४औं मिनेटमा विजयी गोल गरे ।

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा गोल गर्दै इंग्ल्यान्डले जित निकालेको हो। केनको पेनाल्टी प्रहार डेनिस गोलकिपर क्यासपर स्माइकल्से बचाएका थिए तर रिबाउण्डमा केनले गोल गरे ।

खेलको ३०औं मिनेटमा मिकेल डाम्सगार्डले फ्रिकिकमा गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा इंग्ल्याण्डले आत्मघाती गोल मद्दतमा खेल बराबरी गर्‍यो । इंग्ल्याण्डका बुकाय साकोको क्रस क्लियर गर्ने क्रममा डेनमार्कका कप्तान सिमोन केयरले आफ्नै पोष्टमा गोल गरे ।