निर्मात्री तथा नायिका जेनी कुँवरले गरिन् देहत्याग

everest kitchen

काठमाडौं । नायिका तथा निर्मात्री जेनी कुँवरले देहत्याग गरेकी छिन् । प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर ज्यान लिएकी हुन् ।

‘उनको शव अपार्टमेन्टमा भेटिएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनले आफ्नो ज्यान आफै लिएको हुन सक्ने बताएको छ। घटना बारे प्रहरीले यतिबेला थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुनसक्ने जनाएको छ । उनी विगत एक वर्षदेखि डिप्रेशनमा थिइन् । जेनी विगत केही समययता पशुपति मन्दिर परिसरमा साधुको अवतारमा बसिरहेकी थिइन् ।

उनले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा काम गरेकी छिन् ।