ओखलढुंगा एकता सेवा समाज मलेसियाको सहयोग संकलन सार्वजनिक

everest kitchen

मलेसिया । ओखलढुंगा एकता सेवा समाज मलेसियाको सहयोग संकलन सार्वजनिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । संस्थाले बिहिवार एक कार्यक्रमको आयोजना गर्दै उक्त कार्यक्रम गरेको हो ।

कोभिड-१९ प्रकोप विरुद्ध लड्नको लागि सम्पुर्ण जिल्ला बासीलाई समेटदै ” विश्वव्यापी ओखलढुंगेली सञ्जाल स्थापना गरिएको थियो । सोही अभियान अन्तर्गत रहेर मलेसियाबाट समाजले २ लाख २६ हजार ३०० रुपैयाँ सङ्कलन भएको र उक्त रकम ” ओखलढुंगा विश्वव्यापी संजाल”लाई पठाएको समाजले उल्लेख गरेको छ ।

कार्यक्रमको अवसरमा सहयोग अभियानमा सहभागी भएकाा विभिन्न व्यक्ति तथा समुहलाई धन्यवाद दिएको थियो । अभियानमा मलेसियाबाट ओखलढुंगा एकता सेवा समाज मलेसियाका अध्यक्ष र सहसचिवको नेतृत्वमा आर्थिक संकलन अभियान जुन १ तारिख बाट संचालन गरिएको थियो । उक्त अभियानमा करिब ५६ जना ओखलढुंगा बासी मलेसियाबाट जोडिएको संस्थाले जनाएको छ ।

कोभिड बिरुद्ध लड्न “बिश्वब्यापी ओखलढुंङ्गेली संजाल” स्थापना गरि विभिन्न २१ देशमा संयोजक तोकेर अभियान चलाईएको थियो । उक्त अभियानमा ७० लाख ९४ हजार रकम संकलन भएको र उक्त रकमबाट जिल्ला स्थित विभिन्न स्वास्थ्य संस्थालाई आवश्यक स्वास्थ्यसामाग्री लगायतको सहयोग उपलब्ध गराएको समाजले उल्लेख गरेको छ ।