माओवादी केन्द्र भुमिगत र छापामार किसिमले चलेको पार्टी हो : रायमाझी

everest kitchen

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्र भूमिगत शैलीले चलिरहेको पार्टी भएको आरोप लगाएका छन् । उनी शुक्रबार प्रतिक्रिया दिदै माओवादी केन्द्र संविधान, कानून र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचली भूमिगत शैलीमा चलेको आरोप समेत लगाएका हुन ।

शुक्रबार नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै परेको निवेदनका विषयमा बुझ्न अन्य नेतासहित निर्वाचन आयोगमा पुगेका नेता रायमाझीले २९ वर्षदेखि उक्त पार्टीमा महाधिवेशन नभएको भए पनि २०६९ सालमा नाम मात्रैको महाधिवेशन भएको र त्यसपछि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएको उनको जिकिर गरेका छन् ।

उनले भने, ” एकप्रकारले भन्ने हो भने भुमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको छ । ‘२८–२९ वर्षसम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो २०६९ सालमा नाम मात्रैको । त्यसपछि ९ वर्षसम्म अर्को महाधिवेशन गरेको छैन ।” जनताबाट प्रत्यक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गर्ने ?’ उनले भने ।

माओवादी केन्द्रका पूर्वनेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह लगायत नेताहरु मन्त्री पद पाएपछि एमाले अध्यक्ष तथा केपी शर्मा संग लागेका थिए । पछि उनीहरुलाई माओवादी केन्द्रले कारबाही गरेर सांसद पद खारेजी भएको थियो ।