पानि पर्नेबित्तिकै जलमग्न काठमाडौं (भिडियो सहित)

everest kitchen

 

काठमाडौं । शनिबार दिउँसो परेको वर्षाका कारण उपत्यकाका विभिन्न स्थानका सडकमा पानी जमेको छ । आकासे पानी ढलमा पास नहुँदा सडकमा पानी जमेर केहीबेर सवारी आवागमनमा असहज भएको थियो ।

अरनिको राजमार्ग अन्तर्गत सूर् विनायक नजिकै सडकमा पानी जमेको प्रहरीले जनाएको छ । काठमाडौंको तिनकुने स्थित चोकमा पानीको सहज निकास नहुदा सडकमा पानि जमेर सदक्नै अबरुद्ध भएको थियो ।

प्रहरीका अनुसार भल रोकिएर जमेको पानीले केहीबेर असहज भए पनि अहिले अवस्थामा सामान्य भइसकेको छ । काठमाडौं उपत्यकामा दिउसो केहीबेर भारिमत्रामा पनि परेको थियो।