सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा हस्ताक्षर फिर्ता हुँदैन : नेतृ झाँक्री

everest kitchen
photo file

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा हस्ताक्षर फिर्ता नहुने बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबूकमार्फत सो कुरा बताएका हुन ।

‘अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरी फिर्ता लिइँदैन। लिने कुरा आउँदैन,’फेसबुकमा झाँक्रीले लेखेकी छिन्। १० बुँदे सहमतिबारे भ्रममा नपर्न उनले आग्रह गरेकी छन्। ‘भ्रममा नपरौँ, स्वागत गर्न हतार नगरौं। निरास पनि नबनौं। राजनीति हो, यसले बाटो लिन्छ। उज्यालो पहिल्याउन सकिन्छ,’ उनले भनेकी छन्।

प्रतिनिधिसभा विघटन बदर गर्न र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन्।