राक्सिराङमा राहत बितरण गर्न युवाहरू सक्रिय, आईतबारमात्रै २६४ घरधुरीलाई राहत

everest kitchen

सविन कुमार लोप्चन
मकवानपुर । मकवानपुर जिल्लाको पश्चिमी भेग राक्सिराङ गाउँपालिका वडा नम्बर ६ का जुझारु युवाहरुले कोभिड -१९ को कारण मारमा परेका बिपन्न परिवार लाई राहत पहल गरि बितरण गर्न सक्रिय भएका छन।

पछिल्लो समय राक्सिराङ -६ का जुझारु युवाहरु आफ्नो वडा बासीलाई भोकै राख्न नहुने भन्दै राहत जुटाउदै गरि बिपन्नको छाक टार्न लागि परि रहेका छन्। आईतबार युवा नेता समाज सेवि श्री जन चेतना साना किसा कृषी सहकारी संस्था का अध्यक्ष दिनेश चेपाङ को पहलमा २६४ घर धुरी लाई राहत बितरण भएको छ। ती घरधुरीलाई खाद्यान्न लगायतका सामाग्री वितरण गरिएको हो।

उक्त राहत बितरण कार्यक्रममा वडा अध्यक्ष सिंगलाल प्रजा अस्वस्थ भइ उपस्थित हुन नसकेको र वडा अध्यक्ष प्रजाले पनि जनप्रतिनिधि को मात्र हात नहेरी युवा अग्रसर भएर काम गर्नसक्ने बताए। “जति पनि राहत उपलब्ध गराउने संस्था, राहत पहल कर्ताहरु कुमार प्रजा,मोतिराम प्रजा,कमल प्रजा, दिनेश प्रजा, डिबि लोप्चन, कृष्न लाल तामाङ , राजन मोक्तान लगायतलाई धन्यवाद दिदै अध्यक्ष प्रजाले खुशी ब्यक्त गरेका छन् ।

निरन्तर राहत संकलन तथा वितरणमा सक्रिय ति युवाहरु मोति राम प्रजा, दिल कुमार प्रजा, कमल प्रजा,रावन प्रजाले केही दिन अगाडि पनि राहात पहल गरेर बितरण गरेका थिए ।