सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारीमा देउवा

everest kitchen
photo fille

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् । सर्वोच्चको आदेश लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो।

राष्ट्रपति कार्यालयमा देउवाको सपथको भने अहिलेसम्म तयारी भइसकेको छैन। आज देउवा प्रधानमन्त्री नियुक्तमात्र हुन्छन् कि सपथ पनि लिन्छन् भन्ने टुंगो छैन। देउवाको सचिवालयले पनि सपथका लागि राष्ट्रपति कार्यालयबाट औपचारिक जानकारी नआएको बताएको छ।

सोमबार सर्वोच्च अदालतले मंगलबार दिउँसो पाँच बजेभित्र देउवालाई प्रधानमन्त्रीको नियुक्ति गर्न आदेश दिएको थियो । सर्बोच्चको आदेशसंगै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट बाहिरिन पर्नेछ।