मलेसियामा अहिलेसम्मकै सबैभन्दा धेरै कोविड बिरामि भेटिए, एकै दिन ११ हजार भन्दा बढि

everest kitchen

मलेसियामा कोविड–१९ को आतंक झन झन बढ्ने क्रममा रहेको छ । आज अर्थात १३ जुलाई २०२१ को दिन मात्र मलेसियामा ११ हजार ७९ जना बिरामि भेटिएका छन् ।
मलेसिया सरकारले कोविड–१९ रोकथामको लागि भनेर अनेक उपाय गरेपनि बिरामि संख्या भने दिनका दिन बढ्ने क्रममा रहेको छ ।
विशेष गरि काम गर्ने कम्पनी, अफिसहरुबाट बढि बिरामि भेटिने गरेका छन् ।
आज भेटिएका बिरामि मध्ये मलेसियाको सेलेङगर राज्यबाट मात्र ५२६३ जना, क्वालालुम्पुरबाट १५२१, नेगरी सेम्बिलानबाट १०३३ रहेका छन् भने बाँकी अन्य राज्यबाट भेटिएका हुन् ।
मलेसियामा जुन १ तारीखबाट पूर्ण लकडाउन लागु गरिएको छ । अत्यावश्यक सामान किनमेल र काम पर्दा बाहेक बाहिर अनावश्यक हिडडुल नगर्न सरकारले बारम्बार आग्रह गर्ने गरेको छ ।