युवा नेता पुर्ण चेपाङ्को पहलमा राक्सिराङका ३०० विपन्न परिवारलाई राहत वितरण

everest kitchen

सविन कुमार लोप्चन

मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिका वडा नम्बर – ७ का ३०० बिपन्न परिवार लाई राहत बितरण भएको छ । नेपाल नेपाल सुक्ष्म पुष्प समाजको सहयोग र युवा नेता पुर्ण चेपाङ्को पहलमा राहत बितरण भएको हो ।

उक्त राहत बितरण भएको वडा गाउँ पालिका भरिकै बिकट क्षेत्र भएको वडा भएको र राहतको प्याकेज कमै मात्रामा राहत उपलब्ध हुँदै आएकोले राहत वितरण गरिएको चेपाङ्गले बताए। bउनका अनुसार उक्त स्थान निकै विपन्न परिवारहरु बस्न्छान।

राहत बितरणलाई सहजीकरण गर्न पुर्व संसद गोबिन्द राम चेपाङ, वडा सदस्य शुनिल ब्लोनको उपस्थित रहेको थियो भने राहत बितरणलाई सहज बनाउन स्थानीय युवा दिनेश चेपाङ,बखत चेपाङ,सुर्य बहादुर चेपाङ लगायत अन्य जुझारु युबाहरुको उपस्थित रहेको थियो। राहात बिररण भए पछि पहलकर्ता पुर्ण चेपाङले खुशि व्यक्त गर्दै सहयोगी संस्था लाई धन्यवाद पनि ज्ञापन गरेका थिए।