प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा माओवादी केन्द्रका तर्फबाट जनार्दन र भुसाल

everest kitchen

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री पदमा सपथ लिए लगत्तै माओवादी केन्द्र र आफ्नो दलबाट २-२ जना मन्त्री नियुक्त गरेका हुन् ।

उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी छन । गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई मनोनित गरेका थिए।

नवनियुक्त प्रधानमन्त्री देउवा नेतृत्व सरकारमा माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ।