ओली तामझामकासाथ बालकोट पुगे (भिडियो)

everest kitchen

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार प्रधानमन्त्रीको सरकारी निवास छाडेका छन् । सर्वोच्च अदालतको परमादेशसँगै काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा चयन भएसँगै ओलीले तामझामकासाथ बालुवाटार छाडेका हुन् ।

एमालेको युथ फोर्ससहितका ठुलो सङ्ख्यामा कार्यकर्ताले ओलीको पक्षमा नाराबाजी गर्दै मोटरसाइकल तथा गाडीको ठुलो उपस्थितिमा स्कर्टिङ गरेर उनको निजि निवास भक्तपुरको बालकोट लगिएको छ । सो क्रममा ओलीको पक्षमा चर्का नाराबाजी तथा प्रधानन्याधिश चोलेन्द्रशमशेर राना बिरुद्ध नाराबाजी गरिएको थियो ।

ओलीले हिजो देशवासीको नाममा सम्बोधन गरेर सर्वोच्चको फैसलाप्रति चरम असन्तुष्टि व्यक्त गरेका थिए भने केही समय मात्रै बादल लागेको भन्दै छिट्टै सूर्य उदाउने अभिव्यक्ति दिएका थिए ।

ओली तामझामकासाथ बालुवाटार छाडेर बालकोट जाँदा ठुलो मात्रामा सडक जाम भएको थियो। ओली बलकोट यात्राको क्रमलाई मध्यनजर गरेर ठुलोमात्रामा ट्राफिक प्रहरिको उपथितिमा सडक ब्यबस्थापन गरिएको थियो।