मलेसियामा कोरोना संक्रमण दिनदिनै बढ्दै, आज ११ हजार ६ सय १८ जना संक्रमित

everest kitchen

मलेसिया सरकारले कोरोना संक्रमण रोक्ने बिभिन्न उपायहरु गरिरहेता पनि नयाँ कोरोना संक्रमितहरु भने दिनदिनै बढिरहेका छन् । आज अर्थात जुलाई १३ तारिख मात्र ११ हजार ६ सय १८ जनामा कोरोना संक्रमण थपिएको छ ।
आज भेटिएका संक्रमितहरु मध्येमा मलेसियाको सेलाङगर राज्यबाट ५ हजार ५१ छन् भने राजधानि क्वालालुम्पुरबाट १ हजार ७ सय ४९ जना भेटिएका छन् । त्यसैगरि नेगरी सेम्बिलान राज्यबाट १ हजार ५ सय ३७ जना भेटिएका छन् । बाकी अन्य राज्यमा भेटिएका हुन् ।
मलेसिया सरकारले कोरोना रोकथामको लागि अधिक उपायहरु अपनाए पनि कोरोना संक्रमितको संख्या नघटेपछि यहाँ स्थित स्थानिय तथा विदेशि नागरिकहरु झनै पीडित भएका छन् । एक त रोजगारी राम्ररी चल्न सकेको छैन भने ब्यापार, ब्यवसाय, बिद्यालयहरु कुनै पनि क्षेत्र राम्ररी सञ्चालन हुन सकिरहेको छैन ।