आयोगद्वारा ओली सरकारले घोषणा गरेको निर्वाचन कार्यतालिका रद्द

everest kitchen

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको हो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार एक विज्ञप्ति जारि गर्दै, ‘सम्मानित सर्वोच्च अदालतबाट मिति असार २८ मा भएको आदेश बमोजिम कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय भएको जानकारी दिएको छस।

तत्कालीन केपी ओली सरकारले प्रतिनिधिसभा भंग गर्दै चुनावको मिति घोषणा गरेसंगै आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । सर्बोच्च अदालतले ओली सरकाले बिघटन गरेको संसद पुनःस्थापना गरेसंगै चुनाब तालिका रद्ध भएको आयोगले जनाएको छ।