थप २ हजार ९०५ जनामा कोरोना संक्रमण पुस्टि हुदा १ हजार ६०६ निको भए

everest kitchen

काठमाडौं। कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार २४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ८ हजार १०८ जनाको पिसिआर परीक्षणबाट २ हजार १० जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ९१६ जनाको एन्टिजेन परीक्षणबाट ८९५ जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ६०६ जना संक्रमणमुक्त भएका छन्। यस्तै २४ घन्टामा १८ जनाको निधन भएसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९४३० पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२५ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा २९४, भक्तपुरमा ६७ र ललितपुरमा ६२ जना संक्रमित भेटिएका छन् ।