मलेसियामा आज मात्र १३ हजार बढि कोरोना संक्रमित, अवस्था झन झन गम्भिर

everest kitchen

मलेसियामा आज अर्थात जुलाई १५ तारिख १३ हजार २ सय १५ जना नयाँ बिरामि थपिएका छन् । मलेसिया सरकारले बिभिन्न उपाय अपनाएर कोरोना रोकथामको कोशिस गरे पनि नया बिरामिको संख्या भने गम्भिर रुपमा थपिदै गएको छ ।
आज थपिएको बिरामि संख्यासँगै मलेसियामा संक्रमित हुनेको संख्या ८ लाख ८० हजार ७ सय ८२ जना पुगेको छ ।
मलेसियाको धेरै कोरोना संक्रमित हुने राज्यहरुमा सेलाङगर राज्यमा ६ हजार १२० छ भने त्यसपछि नेगरी सेम्बिलान राज्यमा १ हजार ६ सय ३ रहेका छन् । त्यसैगरि राजधानि क्वालालुम्पुरमा १ हजार ४ सय ९९ नयाँ बिरामि थपिएका छन् । अन्य राज्यहरु भने अवस्था नियन्त्रित नै रहेको छ ।