प्रधानमन्त्री देउवा र राजदूत र्यान्डी बेरीबीच भेटवार्ता

everest kitchen

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी बेरीले भेटवार्ता गरेका छन् । बिहीबार अपरान्ह प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा राजदूत बेरीले प्रधानमन्त्री देउवालाई कार्यकाल सफलताको शुभकामनासहित बधाई दिएका छन् । छलफलमा दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको थियो । उनले ट्वीट गर्दै आफ्नो नयाँ कार्यकालमा नेपाल-अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गर्ने बताएका छन्।

यसअघि मंगलबार प्रधानमन्त्रीको सपथ सकिनासाथ राजदूत बेरीले सामाजिक सञ्जालमार्फत् बधाई दिएका थिए। उनले मंगलबार राति नै फोन गरेर बधाई समेत दिएका थिए।