एनआरएन मलेसियाको कार्य समिति भगं, अध्यक्ष उम्मेदवारले ५ हजार रिंगेट दर्ता शुल्क तिर्नुपर्ने

everest kitchen

एनआरएन मलेसियाको कार्यसमिति नयाँ अधिवेशनको लागि भंग गरिएको छ । यहि जुलाई २५ मा हुने तय गरिएको अधिवेशनमा अध्यक्ष पदमा उम्मदेवारी दिन दर्ता शुल्क ५ हजार रिंगेट तोकिएको छ ।
अधिवेशनमा अध्यक्षसँगै सम्पूर्ण पदाधिकारीको लागि उम्मेदवारी आह्वान गर्दै जारी गरिएको सूचनामा यहि जुलाई १६ तारिख भित्रमा उम्मेदवारी दर्ता गर्ने र त्यसको भोलीपल्ट १७ तारिखसम्म दाबी फिर्ता लिनसक्ने बताइएको छ ।
एनआरएन मलेसियाको अध्यक्ष पदसँगै अन्य पदाधिकारीहरुको उम्मेदवारी दर्ता शुल्कमा बरिष्ठ उपाध्यक्षको आरएम ४००१, आरएम उपाध्यक्षको ३००१, महिला उपाध्यक्षको आरएम ३००१, महासचिवको आरएम ३००१, सचिवहरुको आरएम २५०१, कोषाध्यक्षको आरएम ३००१, सहकोषाध्यक्षको आरएम २५०१, युबा संयोजकको आरएम २५०१, महिला संयोजकको आरएम २५०१, सदस्यहरुको २००१ र आईसीसी सदस्यहरुको आरएम १००१ दर्ता शुल्क राखिएको छ ।
संस्थाको कार्य समितिमा बस्न चाहाने उम्मेदवारहरुको फौजदारी तथा अन्य अमानबिय कार्य गरेको रेकर्ड भेटिएमा उम्मेदवारी खारेज गरिने जनाइएको छ ।
एनआरएन मलेसियाको अधिवेशनको लागि पुरुषोत्तम कट्टेलको संयोजकत्वमा बिष्णुप्रसाद पौड्याल, बाबुराम शर्मा, बासु पोख्रेल र नेपाल राजदुतावासका एक जना प्रतिनिधिको अधिवेशन निर्वाचन समिति तोकिएको छ ।