माओवादीबाट भरत साह मन्त्री, रुबी कर्ण राज्यमन्त्री

everest kitchen

जनकपुरधाम । २ नम्बर प्रदेश सरकारमा माओवादी केन्द्रबाट भरत साह मन्त्री बन्ने भएका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता साहलाई मन्त्री बनाउने निर्णय गरेको हो ।

त्यस्तै माओवादीबाट रुबी कर्ण राज्यमन्त्री बनाउने निर्णय भएको माओवादी केन्द्र संसदीय दलले जनाएको छ । साह महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित सांसद हुन भने सप्तरीकी कर्ण समानुपातिक सांसद हुन् ।

उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहका मन्त्रीलाई हटाई कांग्रेसलाई तीन मन्त्रालय दिएर जेठ २६ गते सरकारमा ल्याइसकेको छ । माओवादीलाई पनि त्यही बेला सरकारमा ल्याउने भनिए पनि मन्त्रालय टुंगो नलाग्दा त्यस बेला सरकारमा आउन चाहेको थिएन ।