जसपा आधिकारिकता विवाद बारे आज सुनुवाइ हुँदै

everest kitchen
फाइल फोटो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विवादमा आज सुनुवाइ हुँदैछ । निर्वाचन आयोगले जसपाको दुवै पक्षलाई आज आयोगमा बोलाएको छ ।

पार्टीको आधिकारिकता विवाद निरुपणका लागि राजनीतिक दलसम्बन्धि ऐनको दफा ४३–४४ अन्तर्गत सुनुवाइ हुन लागेको हो । आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरुको ५ सदस्यीय इजलास गठन गरेको छ।

“पाँचजना आयुक्तहरु इजलास बस्नुहुन्छ । दुवै पक्षलाई बोलाइएको छ । उहाँँहरुले कानुन व्यवसायीहरुले बहस नोट पेश गर्नुपर्ने हुन्छ । इजलासबाट उहाँहरुको कतिपय सक्कल कागतजात पेश भएको छैन । दुवै पक्षको माइन्युट माग्ने काम आज हुने सम्भावना छ,” आयोगका सचिव सुरेश अधिकारीले भने ।