शारदा दाहाल भण्डारीका चार मुक्तक

everest kitchen

मुक्तक् – १
आफ्नो लागि अन्तरयात्रा अरुको लागि सेवा!
पूण्यात्मा मिल्छ भगवानबाट अरु बढी मेवा!!
दया ,करुणा ,मैत्री र मुदिता अकृया योग गरेर,
साधना सारथि हुन्छ जीवनमा मिल्छ राम्रो टेवा!!

मुक्तक्- २
भीडमा स्वर मच्चाउनेहरु भीडमै हराउँछन् !
आफ्नो दममा चुपचाप जानेहरू प्रगति बढाउछन् !!
आखिर जित्नको लागि त फरक काम गर्नुपर्दैन,
ढंग फरक पारेर पाइला चाले शिखर चढाउ छन् !!

मुक्तक् – ३
कस्तो छ भन्थ्यो सोध्दैन अचेल !
मैले सोध्छु नि बोल्दैन अचेल !!
म ओछ्यानमा परेदेखि नै उ,
कुनै कुरा मसग खोल्दैन अचेल !!

मुक्तक् – ४
सिकेर मात्र हुन्न लिएको ज्ञान प्रयोगमा आउनुपर्छ !
जोतेर मात्र हुन्न खेतबारी बालीबिरुवा लाउनुपर्छ!!
लक्ष्य चुम्नका खातिर निरन्तर अभ्यासरत भएर,
अहोरात्र खटी माहुरीले झैं फूलबारी धाउनुपर्छ!!