प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाए

everest kitchen


काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा‍‍‍‍ १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ ।

मतदानमा २४९ जना सांसद सहभागी भएका थिए । एक जना भने तटस्थ बसेका थिए । प्रतिनिधिसभाको आईतबारको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिन चाहेपछि सरकारका तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आईतबार विहानै संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिनिधिसभाको आईतबार भएको दोश्रो बैठकमा भएको मतदानको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा कूल सांसद संख्या मध्ये १ सय ६५ मत परेको छ । देउवालाई विश्वासको मत नदिने पक्षमा अर्थात देउवाको विपक्षमा ८३ मत र मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।

संविधानको धारा ७५ को उपधारा ५ अनुसार संसदमा रहेका कुनै पनि सांसदले प्रधानमन्त्रीका लागि स्पस्ट आधारसहित दावी पेश गर्न पाउने प्रावधानमा टेकेर देउवाले प्रधानमन्त्रीको दावी गरेका थिए ।