मलेसियाबाट दुई दिनमा २४ वटा शव र तीन वटा अस्तु नेपाल गयो

everest kitchen

मलेसियाबाट यहि जुलाई २१ र २४ तारिखमा २४ वटा नेपालीका शव र तीन वटा अस्तु नेपाल नेपाल एयरलाइन्सको उडानबाट नेपाल गएको छ ।
नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन बिजय लामाले सामाजिक सञ्जाल मार्फत जानकारी गराए अनुसार उनले उडान भरेको जहाजबाट ति शव र अस्तुहरु नेपाल गएका हुन् ।
वैदेशिक रोजागरी तथा अन्य कारणले मलेसिया आएर बिभिन्न कारणवस मृत्यु भएका नेपालीहरुको शव प्राय मलेसियाम अन्त्यष्ठि गरिने भएता पनि पारिवारीक इच्छा तथा बिभिन्न कारणले केहि शवहरु नेपाल पठाउने गरिएको छ ।
मलेसियामा मृत्यु भएका अन्य नेपालीहरुको शव पनि नेपाल पठाउने तयारीमा रहेको र आगामि हप्ता ३७ वटा शव र तीन वटा अस्तु तथा त्यसपछिको उडानमा १८ वटा शव ल्याउने जानकारी क्याप्टेन बिजय लामाले जनाएका छन् ।
‘‘मनमा धेरै दुख लाग्दा लाग्दै पनि बाध्य छौ ल्याउनलाइ। देशको स्थितिनै यस्तै छ! धनी र ठुला बडाहरुलाइ मात्र हो त यो देश कि सबैलाई हो ?
मलेशियाको क्वालालम्पुरबाट वैदेशिक रोजगारीमा गएर फर्कन लागेका यात्रुसगै, आज मेरो उडान फ्लाइट नम्बर आर ए ४१६मा, रोजगारीको क्रममा कोविड-१९ बाहेकको अरु विभिन्न कारणले ज्यान गुमाएका नेपाली दाजुभाइको २४ वटा शव तथा ३ वटा अस्तु पनि ल्याएका थियौ हामिले। अझै अर्को उडानमा पनि १८ वटा शव ल्याउनु बाकी छ रे ।
विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदिबहिनीको शव ल्याउदा जस्तो दुख पीडा अरु कुनै पनि उडान गर्दा हुन्न ।’’
उनले वैदेशिक रोजगारीमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको शव बोक्दा अत्यन्तै दुःख पीडा हुने पनि बताएका छन् ।