मलेसियामा कोरोना महामारी, आज मात्र १७ हजार बढि बिरामि भेटिए

everest kitchen

मलेसियामा कोरोना महामारी दिनदिनै बढ्दै गईरहेको छ । आज सबैभन्दा बढि १७ हजार ४५ जना नयाँ बिरामि भेटिएका छन् ।
कोरोना भेटिने राज्यहरुमा सबैभन्दा बढि सेलाङगर राज्यमा ८५०० बिरामि भेटिए भने दोश्रोमा राजधानि क्वालालुम्पुर रहेको छ । क्वालालुम्पुरमा २ हजार ४५ जना नयाँ बिरामि भेटिएका छन् ।
त्यसैगरि केडाह राज्यमा १ हजार २ सय १६ जना, जोहोर राज्यमा ९ सय ५० जना, साबाह राज्यमा ८ सय १८ जना नयाँ बिरामि भेटिएका छन् । बाकी नयाँ बिरामि अन्य राज्यमा भेटिएका हुन् ।