दाङमा अज्ञात समूहद्वारा बसमा आगजनी

everest kitchen

 

काठमाडौं । दाङको तुलसीपुर कालाखोलामा रोकिराखेको बसमा अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । ब्रेक फेल भएका कारण रोकिराखेको अबस्थामा रहेको उक्त बसमा आगजनी भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले घोराही–तुलसीपुर सडकखण्डको कालाखोला नजिक सडकमा पार्किङ गरी राखेको अवस्थामा गएराति
रा १ ख १८९२ नम्बरको बसमा राति २ बजेतिर बसमा आगजनी भएको बताए ।

प्रहरी राति नै घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको र घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।