जसपाका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगे

everest kitchen

काठमाडौं । डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक विवादमा हस्ताक्षर सनाखत गराउन डिल्लीबजार कारागारमा रहेका कार्यकारिणी समिति सदस्य रेशम चौधरीलाई निर्वाचन आयोग लगिएको छ।

उनलाई सोमबार दिउँसो निर्वाचन आयोग पुर्‍याइएको हो। यसअघि उनको हस्ताक्षर जेलबाटै सनाखत गर्ने तयारी थियो। आयोगले पनि जेलमै गराउन पत्र पठाएको थियो। तर चौधरीले नमानेपछि उनलाई जेलबाट निर्वाचन आयोग लगिएको हो।

उपेन्द्र यादव र महन्थ ठाकुरमध्ये कुन पक्षमा सनाखत गर्ने भन्ने प्रश्नमा चौधरीले आफूले नेताहरूसँग कुराकानी गरेर मात्र निर्णय लिने बताए । उनले आफूहरूको छुट्टै मुद्दा र समस्या रहेको जिकिर गर्दै नेताहरूले यसबारे के गरिरहेको छ भनेर बुझ्ने र त्यसपछि मात्र सनाखतबारे निर्णय लिने बताए ।