जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

everest kitchen

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो ।

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता बारे निर्वाचन आयोगले सोमबार दुबै पक्षलाई बोलाएको थियो। आयोगले ५१ सदस्यीय कार्यकारिणी समितिलाई आधिकारिकता मान्दै अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा ‘हेड काउन्ट’ गरेको थियो।

अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेसंगै जसपाको आधिकारिकता यादव पक्षले पाएको हो । त्यस्तै अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए । डिल्ली बजार कारागारमा रहेका रेशम चौधरी भने तठस्थ बसेका थिए ।