रुकुमकी मनकला मृत्यु प्रकरण: घरकै भतिजोबाट कर्तव्य गरि मारिईन

everest kitchen

 

रुकुम (पश्चिम) । मृत अवस्थामा फेला परेकी जिल्लाकाे त्रिबेणि गाउपालिका- ४ छरीखोला की २६ वर्षकी मनकला खत्री खड्काकाे ज्यान लिने दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ । सोमबार राति घर नजिकै मृत अवस्थामा उनी फेला परेकी थिईन ।

घटनामा सङ्लग्नताको आरोपमा पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका-३ कुरल बस्ने अन्दाजी बर्ष १५ का परिवर्तित नाम “५४ रुकुम पश्चिम ७७ (२) र सोही स्थानका ११ बर्षीय परिवर्तित नाम “५४ रुकुम पश्चिम ७७ (२) (क) रहेका छन् ।  मृतकका सहोदर माइला जेठाजुका छोराहरु रहेका उनिहरु एकैघरका दुई दाजुभाई समेत हुन ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोली र कर्णाली प्रदेश ब्युरोको संयुक्त अनुसन्धानका क्रममा नीजहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा घटनामा सङ्लग्नहरुको पुष्टि भएको प्रहरीले जनाएको छ । उनीहरू नाबालक भएकाले उनीहरूको नाम र फोटो भने सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक मनकलालाई १५ वर्षीय “”५४ रुकुम पश्चिम ७७ (२)” परिवर्तित नाम गरेका अारोपितले धा रिलो ह,तियार खुर्पा प्रहार गरी ज्यान लिएका हुन । मनकलाको ज्यान लिएपछि मृतकले लगाएको गरगहना समेत लुटेर लगिएको खुलेको प्रहरीले उल्लेख गरेको छ ।

उनीहरूले मनकलाको ज्यान लिएको स्विकारेपछि प्रहरीले उनिहरुलाई फेरि घटना स्थल लिएर आवश्यक प्रमाण संकलन गरेको थियो । साथै अभियुक्तले लुकाई राखेको सुनका कानबाली २ थान, मुन्द्री २ थान, टुक्की फुली १ थान र घटनामा प्रयोग भएको खुर्पा समेत प्रहरीले बरामद गरेको छ ।

करिब एक वर्षअघि मृतक र उनीहरूबीच पैसा चोरीको आरोपमा वादविवाद तथा झगडा भएको र सोही रिस बढेर घटना घटेको देखिएको प्रहरीले जनाएको छ ।

घटना हुदाको दिन ती दाजु भाईले काटेको घास मृतकले नाघेपछि रिसको आवेगमा आएर काकीलाई खुर्पा प्रहार गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी धुव्र कुमार श्रेष्ठले बताए । डिएसपी श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट दाजुभाइको संलग्नता देखिएको र बाँकी अनुसन्धान भने भइरहेको बताए ।

प्रहरीले उनिहरु विरुद्ध कर्तव्य ज्यान, चोरी तथा डाँका सम्बन्धि कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।

घरनजिकै करिब २ सय मिटरको दुरीमा रहेका बस्तु भाउलाई घास हाल्न भनेर करिब साँझ ७ बजेतिर घरबाट हिडेको केही समयपछि घटना घटेको हुन सक्ने बताएको छ । घटना स्थल नजिकैको केही मिटरको दुरीमा बस्तु भाउ रहेका छन् । बस्तु भाउको केही मिटर उत्तर-पूर्वमा मृतकले बोकेको चावी फेला परेको र चावी फेला परेको बारीको भित्तामा धस्सिएको र उक्त स्थानबाट केही मिटर पश्चिम तर्फको बारीबाट घिर्सिएर तलको अर्को बारीमा झरेको जस्तो देखिएको र त्यहीँ स्थानमा मनकलाको हतियार प्रयोग गरि ज्यान लिएर केही मिटर पश्चिम तर्फबाट तल्लो बारीमा शव फालिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

घटना हुदाको साँझ

घटना हुदाको साँझ मृतकको सासु सेती खड्का र मृतकको ७ बर्षको छोरा घरमै रहेको र मनकलाले घरको छेउमै अन्य दुई स्थानीय महिला साथसंग भेटिई उनीहरूसंग छुट्टिएर बस्तुभाउलाई घास हाल्न भनेर हिडेको सासु सेती खडकाले जानकारी दिईन । उनका अनुसार करिब ७ बजे झिसमिसेमा बस्तुभाउलाई घास हाल्न हिडेकी बुहारी ८/९ बज्दासमेत घरमा आउन ढिला गरेपछि घरमाथिको छिमेकीको घरमा टेलिभिजन हेरेर बसेको होला भनेर फोन गरेको तर त्यहाँ पनि नभएको खबर पाएपछि आफु झस्किएको बताईन ।

राति अबेरसम्म बुहारी घरमा नआएपछि छिमेकी महिलाको साहारा लिएर घर वरिपरि खोजतलास गर्दा पनि नभेटिएपछि अन्य छिमेकी महिला पुरुषहरुले थप खोजतलास गर्दा गोठ नजिकै मृत अवस्थामा फेला परेको मृतककी सासु सेती खडकाले बताईन ।

उनका अनुसार मृतक मनकलाका श्रीमान बल बहादुर खड्का विगत चार वर्षदेखि वैदेशिक राेजगारीकाे सिलसिलामा देश बाहिर रहेको र उनको सात बर्षको छोरासमेत रहेका छन् ।