६५ किलो लागुऔषध गाँजा, स्कारपियोसहित २ जना पक्राउ

everest kitchen

मकवानपुर । मकवानपुरमा ६५ किलो लागुऔषध गाँजा र स्कारपियो गाडिसहित २ जना मानिस पक्राउ परेका छन् । बिहिबार उनीहरूलाई मकवानपुर हेटौडा उप-महानगरपालिका वडा नं १९ नेवारपानी स्थित सडकखण्डबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गाडी चालक जिल्ला चितवन भरतपुर महानगपालिका वडा नं २० चनौली बस्ने वर्ष ३८ को रोशन परियार र सोही स्कार्पियो गाडीमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं ६ बस्ने वर्ष ४३ को ललित तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा- १९ नेवारपानी स्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा मनहरी तर्फ बाट हेटौडा तर्फ आउदै गरेको बा ११ च ९५०९ नं. को स्कारपियो गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको ६५ किलो लागुऔषध गाँजासहित गाडी प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।