तीन मन्त्रीको सांसद पद मुक्त गर्न लुम्बिनी प्रदेशसभामा निवेदन

everest kitchen

काठमाडौं। लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसदलाई प्रदेशसभा सदस्य पदबाट मुक्त गर्न निवेदन दर्ता भएको छ। पार्टीको कार्यकारिणी समितिले गरेको कारबाहीको निर्णय अनुसार जसपा लुम्बिनी प्रदेशसभा संसदीय दलले तीन मन्त्रीको पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा बिहीबार निवेदन दर्ता गरेको हो।

सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डे लम्साललाई पदमुक्त गर्न निवेदन दिएको जसपा संसदीय दलका नेता सहसराम यादवले जानकारी दिए। गत वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेललाई अविश्वासको प्रस्ताव दर्ता गरेकै दिन तीन सांसद सरकारमा मन्त्री भएका थिए।

पार्टीको निर्णय विपरीत सरकारमा सहभागी भएको र पटक पटक पार्टीको ह्विप उल्लंघन गरेकाले पदमुक्त गर्ने निर्णय गरिएको यादवले बताए।