अर्थमन्त्री र चिनियाँ राजादूतबीच भेटवार्ता: कोभिडको लडाइँमा चिनको सहयोग रहने

everest kitchen

काठमाडौँ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ याङछीको भेट भएको छ ।मन्त्रालयमा भएको उक्त भेटमा कोभिड महामारी साथै भूकम्पपछिको पुनःनिर्माणका लागि गरेको चिनियाँ सहयोगप्रति लागि अर्थमन्त्री जनार्दनले आभार प्रकट गरेका छन् ।

चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा मन्त्री शर्माले आभार प्रकट गरेका हुन् । चीनबाट थप खोप खरिदको लागि प्रक्रिया अघि बढाएकोले त्यसका लािग राजदूत याङछीबाट सहयोग र सहजीकरण हुने अपेक्षा राखेका थिए भने राजदुत याङछीले जुनै सरकार आए तापनि नेपालप्रतिको चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने बताएकी थिइन् ।

त्यसैगरी नेपाली जनता र राजनीतिक दलहरूसँग चिनियाँ जनता र त्यहाँको कम्युनिस्ट पार्टीको सम्बन्ध राम्रो रहेको हुँदा कोभिड महामारी विरुद्धको लडाइँमा पनि चिन नेपालको साथ रहँदै आएको बताइन् । नेपाललाई यसअघिनै चीनले अनुदानमा १८ लाख डोज खोप दिइसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने जानकारी दिइन् ।

यस्तैगरी चीनले भुकम्पपछिको नेपालका २५ वटा परियोजनाहरूको पुनर्निर्माणमा सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गरेकी थिइन् भने वसन्तपुरको नौ तले दरबारको काम सकिन लागेको बताएकी थिइन् । र, बाँकी रहेका अन्य परियोजनाहरूको काम पनि चाँडै सम्पन्न गरिने जानकारी दिइन् ।