थप ३ हजार ६११ जनामा कोरोना पुष्टि, २७ को निधन

everest kitchen

 

काठमाडौँ । नेपालमा शुक्रबार थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ७ सय ८३ पिसिआर परिक्षणका क्रममा २ हजार ४ सय ६७ र ४ हजार ८ सय ७८ एन्टीजेन परिक्षणका क्रममा १ हजार १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएो छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ५३ हजार ६३३ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको छ, हालसम्म नेपालमा ९ हजार ८ सय ३४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ८ सय १६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ५२ हजार २६१ संक्रमित निको भएका छन् ।

हाल ३१ हजार १४ सक्रिय संक्रमित आइशोलेशन र ३९० जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३५ लाख ९४ हजार २०२ वटा पिसिआर परिक्षण भएको छ भने ३ लाख १४ हजार १११ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।