फेरि स्मार्ट लकडाउनमा जान सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस

everest kitchen

 

काठमाडौं । कोभिड-१९ संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बेलुका सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो ।

संक्रमण दर, संक्रमण संख्या, अस्पतालमा पूर्वाधारको अवस्थाजस्ता सूचक हेरेर मुलुकलाई रेड, एम्बर, यल्लो र ग्रीन जोनमा विभाजित गर्ने तयारी भएको र सोहीअनुसार जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले सो ठाउँमा स्मार्ट लकडाउन गर्न सक्ने भएको छ।

आजमात्रै नेपालमा थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ७ सय ८३ पिसिआर परिक्षणका क्रममा २ हजार ४ सय ६७ र ४ हजार ८ सय ७८ एन्टीजेन परिक्षणका क्रममा १ हजार १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएो छ ।