शोभा त्रिपाठीको “साइँला नलाऊ नजर”

everest kitchen

कृष्ण गुप्ता
काठमाडौं। नेपाली नारीहरुको पर्व हरितालिका तीज नजिकिदै गर्दा गीत संगीत ले पनि गाउँ घरमा निकै राम्राे रौनकता ल्याउने गर्दा छ। कोभिड-१९ ले जनजीवन अस्तव्यस्त बनिरहेको बेला नेपाली गीत संगीत मा पनि असर परेको छ। यसका बाबजुद पनि कलाकारले गितसंगीतलाई निरन्तरता दिइरहेका छन्।

यसै क्रममा हालै मात्रै ” साइँला नलाऊ नजर”बोलको उक्त गित सार्बजनिक भएको छ। गीतमा लामो समय देखि संचारकर्मि र सांगीतिक क्षेत्र निरन्तर रुपमा काम गर्दै आएका शोभा त्रिपाठीको स्वार, एकनरायण भण्डारीको शब्द, शयामशुट रसिलीको संगीत संयोजन र कमल थापा र किरण बिकेको रेकडिङ्ग रहेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा अभिनय पनि शोभा त्रिपाठी रहेको छ भने भिडियो निर्देशन काजि श्रेष्ठ र सह निर्देशन प्रशांत मगरले गरेका हुन्। भिडियोमा अजय रेग्मी छायांकन, बिश्वास केसी फोटोग्रफर, संतोष माहारा ड्रोन र भिडियो सम्पादन पदम शुवेदीले गरेका छन्