मनकलाको न्यायको लागि आफुहरुको साथ रहन्छ – गाउँपालिका अध्यक्ष घर्ती (भिडियोसहित)

everest kitchen

रुकुम (पश्चिम) । जिल्लाकाे त्रिबेणि गाउपालिका- ४ छरीखोला की २६ वर्षकी मनकला खत्री खड्काकाे ज्यान लिएको घटनालाई लिएर स्थानीय महिलाहरुले गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । सोमबार सयौंको सङ्ख्यामा महिलाहरु उपस्थिति रहेर घटनाका बास्तबिक दोषी अरुनै हुनसक्ने भन्दै खबरदारी गर्न आएका हुन ।

सोही गाउँपालिकाका कार्यालय सहयोगी समेत रहेका आरोपित बालकका बुवा केश खड्का र उनकी श्रीमती पनि घटनामा संलग्न हुनसक्ने भन्दै अनुसन्धान गरी कारबाहीको माग गर्दै कार्यालय घेराउ गर्न महिलाहरु सोमबार दिउसो आएका हुन । महिलाहरुको खबरदारीमा साथ दिदै गाउँपालिका अध्यक्ष झक्कु प्रसाद घर्ती मगर, वडा अध्यक्ष मोहन ओली लगायतले एक्यवद्धता जनाएका थिए ।

अध्यक्ष घर्तीले महिलाहरुको आन्दोलनमा एक्यवद्धता जनाएको बताए । सो अवसरमा गाउँपालिकामा उपस्थित महिलाहरुलाई सम्बोधन गर्दै, “पीडितले न्याय पाउने र अनुसन्धानमा स्थानीय सरकारको तर्फबाट पूर्णरूपमा सघाउने बताए ।

सोही गाउँपालिकाका कार्यालय सहयोगीसमेत रहेका केश बहादुर खड्का र उनकी श्रीमती विरुद्ध पनि संलग्नता रहेको भन्दै किटानी जाहेरी परेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको अध्यक्ष घर्तीले जानकारी दिए । घर्तीका अनुसार आरोपित खडका स्वत: रुपमा अहिले निलम्बनमा परेको र निर्दोष सावित भएमात्र गाउँपालिकामा हाजिर हुने बताए

साथै, आरोपित खडकाको गतिविधिमा केही आशंका रहेकाले स्वतन्त्र रुपमा अनुसन्धान हुनुपर्नेमा जोड दिए । आरोपित खड्काले महिला तथा पीडितलाई थप आतंकित बनाउने गरी केही अभिव्यक्ति दिएको जानकारी रहेको भन्दै उक्त अपराधीक मानसिकताको उनले खुलेर बिरोध गरे । यस्तै, कार्यालयलाई जानकारी नदिई नदिई कार्यालयबाट निस्किनु पनि शंकाको विषय रहेको उनले बताए ।

गत सोमबार राति घर नजिकै खु र्पा प्रहा र गरी ज्यान लिएको अवस्थामा मनकला मृत फेला परेकी थिईन । घटनामा सङ्लग्नताको आरोपमा मनकलाकै माईला जेठाजुका छोराहरु त्रिवेणी गाउँपालिका-३ कुरल बस्ने अन्दाजी बर्ष १५ र ११ बर्षका बालकलाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको थियो । उनीहरूले बयानमा मनकलाको ज्यान लिएको स्वीकारेका थिए ।