माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक बस्दै

everest kitchen

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूपक्षीय केन्द्रीय सदस्यको बैठक बोलाएका छन्।

बुधबार ११ बजे बैठक बोलाइएको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले जानकारी दिइन्। पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुने उनले बताइन्। केन्द्रीय सदस्यहरूसँग पार्टी एकताको विषयमा छलफल हुने जनाइएको छ।

मंगलबार बिहान मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए।