मलेसियामा आज सबैभन्दा बढि बिरामि भेटिए, आज १९ हजार कट्यो

everest kitchen

मलेसियामा कोरोना बिरामिको संख्या थपिने क्रम दिनदिनै बढ्दो रुपमा रहेको छ । आज मलेसियामा अहिलेसम्मकै सबैभन्दा बढि १९ हजार ८ सय १९ जना बिरामि थपिएका छन् ।
कोरोना बिरामि भेटिएका राज्यहरुमा सबैभन्दा बढि सेलाङगर राज्यमा ८ हजार ३ सय ७७, राजधानि क्वालालुम्पुरमा २ हजार ४ सय ६७ जना, त्यसैगरि बाँकि अन्य राज्यमा भेटिएका छन् ।
मलेसियन सरकारले दिनदिनै कोरोना संक्रमण नियन्त्रण गर्न बिभिन्न कदमहरु चाले पनि नयाँ बिरामि थपिने क्रम भने रोकिएको छैन ।
दैनिक नयाँ बिरामि थपिने संख्या उच्च त छदैछ त्यसमाथि दैनिक मृत्यु हुनेको संख्या पनि बढ्दो रुपमा रहेको छ ।
दैनिक झन्डै २ सयको हाराहारीमा मलेसियामा कोरोना संक्रमितको मृत्यु हुने गरेको छ ।
मलेसियामा मृत्यु हुनेमा बैदेसिक कामदारहरु पनि रहेका छन् । जसमध्येमा मलेसियामा कार्यरत नेपालीहरु पनि मृत्युदर हप्तामा २ देखि ३ जना रहेको छ ।