“तिम्रो वेदना”

everest kitchen

कबिता-तिम्रो वेदना

सिर्जना लिम्बु (जगेबु)                                         फुल जस्तै फुल्ने रहर तिम्रो पनि थियो होला । करणी भै मा”रिदा, तिम्रो आत्मा रोयो होला!

सुनेको छु आज भोलि रोई हिडछौ रे बन पाखामा ! तिमी अन्यायमा परेको ताजै छ सबको आँखामा ।

न्याय नपाएको होईन तिमिले तिमीलाई न्याय नदिईएको , पापी छ यो कानुन फासीको सजाय पो नलेखिएको।

दश औंला जोडी तिमिले
धेरै नै बिन्ती बिसायौ अरे!
सुनेनन ती मानबरुपी दानबहरुले
भगवानसित खुब रिसायौ अरे।

बला” त्कारीलाई फासी मिल्दा
सबैका मनमा दीप जलोस!
अन्तिम यात्रा कठिन भएनि
सदैब तिम्रो आत्मालाई शान्ति मिलोस।