मलेसियामा थप २० हजार ५९६ संक्रमित थपिदा १६४ जनाको निधन

everest kitchen

मलेसिया । मलेसियामा कोरोनाभाइसर कोभिड-१९ बाट पछिल्लोपटक अत्याधिक संक्रमित बढेका छन् । गत २४ घण्टामा २० हजार ५९६ जना संक्रमित भएका छन् । यो संगै हालसम्म मलेसियामा १२ लाखबढी संक्रमित भएका छन् ।

त्यस्तै गत २४ घण्टामा १३ हजार ८९३ जना संक्रमण मुक्त भएका छन् । यो संगै ९ लाखबढी जना निको भएका छन् । मलेसिया हाल २ लाख १७ हजारबढीमा सक्रिय संक्रमण रहेको छ ।

यस्तै मलेसियामा गत २४ घण्टामा १६४ जनाको निधन भएको छ । यो संगै मलेसियामा हालसम्म १० हजार १९ जनाले ज्यान गुमाएका छन् । मलेसियामा पछिल्लो पटक संक्रमित बढेपनि त्यही अनुपातमा निको हुनेको सङ्ख्या पनि रहेको छ ।