मृगौला पीडित बललाई पाङ्खर युवा समाजको आर्थिक सहयोग

everest kitchen

काठमाडौं । दुबै मृगौला फेल भएका पन्च बललाई आर्थिक सहयोग गरिएको छ । रामेछाप जिल्लाको खाडाँदेवी गाउँपालिका-१,राकाथुम बल टाेलका ४८ वर्षीय बललाई स्थानीय युवा समाजले आर्थिक सहयोग गरेको हो ।

दोङलाई स्थानीय संस्था, “पाङ्खर युवा समाज”ले ४१ हजार १०० रुपैयाँ आर्थिक सहयोग संकलन गरेर हस्तान्तरण गरेको हो । बलको केही समय अघि देखि दुबै मृगौलाले काम गर्न छोडेको र उनको उपचारमा थुप्रै खर्च गर्नुपर्ने देखिएपछि आर्थिक अवस्था निकै नै कम्जोर भएको सहयोग गरिएको संस्थाका सचिव राजकुमार घिसिङले जानकारी दिए ।

साथै नेपाली काङ्ग्रेस रामेछापका युवानेता श्री कान्छा राम तामाङ एक्लैले १५ हजार आर्थिक सहयोग गरेको संस्थाले उल्लेख गरेको छ ।